ताजा अपडेट »

विश्वव्यापी रूपमै फेरि बल्झिँदै कोरोना व्याधि

मंगलबार, २४ चैत्र २०७७, ०६ : ५८
4 Shares

काठमाडौं । कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमै फेरि बल्झिँदै गएको छ। अमेरिका र युरोपजस्ता अति प्रभावित क्षेत्र मात्र होइन, छिमेकी भारतमै आइतबार संक्रमितको संख्या एक लाख नाघेको छ। भारतमा हालसम्मकै यो उच्च संक्रमण दर हो।

सोमबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या १३ करोड १९ लाख ९३ हजार ८३ छ। यीमध्ये १० करोड ६२ लाख ९७ हजार ८ सय ७५ जना निको भएका छन्। कोरोना संक्रमणकै कारण २८ लाख ६७ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ।

कोरोना २ सय १९ देशमा फैलिएको छ। युरोपका धेरै, अमेरिका, भारतलगायत देशमा संक्रमण पुनः भयावह रूपमा बढ्न थालेको छ। वल्र्डोमिटरको सोमबार साँझ ५ बजेसम्मको तथ्यांकका आधारमा वल्र्डोमिटरले १० राष्ट्रलाई क्रमशः पहिलोदेखि दसौं नम्बरसम्म सूचीकृत गरेको छ। उक्त तथ्यांक हेर्दा पनि विश्वमा पुनः एक पटक संक्रमितको संख्या बढ्दै गएकाले सचेत हुनुपर्ने देखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।