ताजा अपडेट »

आदिवासी जनजाति युवा महासंघको बुटवलबाट २१ बुँदे घोषणा

सोमबार, २३ चैत्र २०७७, १७ : १५
10 Shares

बुटवल । आदिवासी जनजाति युवा महासंघ नेपालको पाचौ महाधिवशेन २१ बुँदे घोषणापत्र जारी गर्दै बुटवलमा सम्पन्न भएको छ । आदिवासीहरुको हक अधिकार रक्षाका लागि संगठित भई आन्दोलनलाई अगाडी बढाउने उदेश्यसहितका घोषणहरु भएका छन् ।

घोषणापत्रमा मुलुकमा रहेको बेरोजगारी समस्या समाधान गर्न दबाव सिर्जना गर्ने, आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न आन्दोलन गर्ने, मुलुकको नीति निर्माणको तहमा आदिवासीहरुको अनिवार्य र प्रत्यक्ष सहभागिताका लागि माग गर्ने, आदिवासीहरुको कला सँस्कृतिहरुको संरक्षणका लागि राज्यसँग माग गर्दै पर्यटन प्रवर्द्धन तथा उद्योग विकासमा जोड दिने तथा संविधासन संसोधन गरी राज्य पुनःसंरचनाका लागि आन्दोलनका कार्यक्रमहरु सञ्चलन गर्ने लगायत रहेका छन् ।

‘पहिचानसहितको संघीयताका लागि संविधान संसोधन, समानुपातिक सहभागिता र रोजगारिको लागि ५ औं महाधिवेशन’ भन्ने नारासहित बुटवलमा आयोजित महाधिवेशनले हेमन्त कुमार राईको अध्यक्षता नयाँ नेतृत्व चयन गरेको हो । नव निर्वाचित केन्द्रीय नेतृत्वलाई महासंघ लुम्बिनी प्रदेशले बधाई तथा शुभकामना व्यक्त गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राईले जनजातिहरुको अधिकार स्थापितका लागि आफ्नो पहल रहने प्रतिवद्धता गरे । विगतमा अधिकारबाट बञ्चित गराइएका आदिवासी जनजातिहरुको हक अधिकार स्थापित गर्नुका साथै सूचिकृत नभएका अन्य जानजातिहरुलाई समेत समावेश गर्न सरकारसँग माग रहने उनले बताए । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका अध्यक्ष मनिस फाल मगरले जनजाति युवा समुदालाई एकतावद्ध गरी संस्था अघि बढ्ने विश्वास व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।