ताजा अपडेट »

पत्रकार महासंघ रुपन्देहीमा ३ पदमा बागी उम्मेदवार

आइतबार, २२ चैत्र २०७७, १९ : ०६
4 Shares

बुटवल । नेपाल पत्रकार महासंघको कार्यतालिका अनुसार यही चैत्र २५ मा हुने निर्वाचनका लागि रुपन्देही शाखामा ३ पदका लागि बागी उम्मेदवारी परेको छ । शाखाको सचिव पदका लागि लोकतान्त्रिक प्यानलबाट विनोद परियारले आधिकारीक उम्मेदवारी दिएका छन् भने सोही समूहका चन्द्रप्रकाश (सिपी) खनालले पनि उम्मेदवारी दिएका छन् । त्यसैगरी खुला तर्फको सहसचिव पदका लागि विरेन्द्र कुंवरले उम्मेदवारी दिएका छन् भने सोही समूहबाट दिपक घिमिरेले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै सोही समूहका सञ्जय सौगात कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने श्यामशंकर पाण्डेले पनि कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उम्मेदवार दर्ताको अन्तिम समयमा लोकतान्त्रिक प्यानलका उम्मेदवारसँगै सोही समूहमा आस्था राख्ने ३ जनाले बागी उम्मेदवारी दिएपछि महासंघको चुनाव थप रोचक बन्ने भएको छ । यसअघि महासंघको नेतृत्वका लागि प्रेस युनियन नेपालका रामराज पोखरेलको नेतृत्वमा अन्य संगठनहरु प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघ बीच संयुक्त प्यानल बनाएर निर्वाचनमा जाने सहमति भएको थियो । प्रेस यूनियनका समर्थकहरुले नै बागी उम्मेदवारी दिएपछि प्यानल भित्रको असन्तुष्टि बाहिर आएको हो । यस बारेमा छोटो प्रतिक्रिया जनाउँदै खुल्ला तर्फका सहसचिवमा बागी उम्मेदवार घिमिरेले कसैप्रति असन्तुष्टि नभई आफूले नेतृत्व पाउनु पर्ने मागसहित उम्मेदवारी दिएको बताए ।

यसरी आफ्नै प्यानलबाट बागी उम्मेदवारी परेपछि प्रेस चौतारी नेपालका तर्फबाट दिनेश पाण्डेको नेतृत्वमा रहेको साझा प्यानललाई फाइदा हुने देखिएको छ । उक्त प्यानलबाट सचिवमा लक्ष्मण पोखरेल, खुल्ला तर्फको सहसचिवमा केशव भण्डारी र कोषाध्यक्षमा स्वस्तिक श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । प्रेसचौतारीले प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन र संघीय पत्रकार परिषदसँग मिलेर साझा प्यानल निर्माण गरेको हो । आफ्नो प्यानल भित्रबाटै बागी उम्मेदवारी परेपछि छलफल गरी मिलाउने कसर सुरु भएको एक सदस्यले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।