ताजा अपडेट »

काठमाडाैं उपत्यकामा ९९ सहित देशभर १७६ सङ्क्रमित

आइतबार, २२ चैत्र २०७७, १७ : ३९
6 Shares

काठमाडाैं। नेपालमा कोरोना भाइरसका १७६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ४५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै साे कुरा बताएका हून् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ ।

काठमाडाैं उपत्यकामा ९९ सङ्क्रमित थपिएका छन् । काठमाडाैमा ८७, ललितपुर ८ र भक्तपुरमा ४ जना सङ्क्रमित थपिएका छन् ।हालसम्म दुई लाख ७३ हजार २४० जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

रासस
लेखकको बारेमा
रासस