ताजा अपडेट »

अभिनेता अक्षयलाई कोरोना संक्रमण

आइतबार, २२ चैत्र २०७७, ११ : ४०
4 Shares

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना भाइरस संक्रमण भएको छ । भारतमा तीव्र गतिमा कोरोनाको महामारी फैलिरहेको बेलामा अक्षयलाई संक्रमण देखिएको हो । 

अभिनेता अक्षयले आइतबार बिहान सामाजिक संजालमार्फत आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । उनी हाल होम क्वारेन्टिनमा बसेका छन् । ‘म सबैलाई जानकारी दिन चाहन्छु कि, मलाई कोरोना संक्रमण देखिएको छ । मैले सबै नियमलाई पछ्याइरहेको छु । मैले आफूलाई तुरुन्तै आइसोलेट गरेको छु । म होम क्वारेन्टाइनमा छु ।  र डाक्टरको नियमित सम्पर्कमा पनि छु । उनले भनेका छन् । उनले आफूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । 

https://twitter.com/akshaykumar/status/1378554562638798852?s=20
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।