May 21, 2022
जेठ २८, बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले एक विज्ञप्ति जारी गर्दै सरकारले आर्थिक बर्ष २०७६/७७ को बजेट मार्फत ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा अव्यवहारिक भएको हुदा फिर्ता लिन आग्रह गरेको छ । समितिका अध्यक्ष कमल घिमिरे र महासचिव रामप्रसाद गैरे(विष्णु)ले आज संयुक्त विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । विज्ञप्ति मार्फत प्यानमा दर्ता गरि ढुवानी सेवा दिदै आएको अवस्थामा भ्याट लगाइदा व्यवसाय सञ्चालनमा बाधा आउनुका साथै उपभोक्ता मूल्य बृद्धि हुनेतर्फ सरकारलाई सचेत गराइएको छ ।
विज्ञप्तिमा सरकारको ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय फिर्ता गर्न आग्रह गर्दै नियर्ण फिर्ता नगरिए उद्योगी व्यवसायीले १३ प्रतिशत भ्याट उपलब्ध नगराएसम्म ढुवानी व्यवसायीहरुले सेवा दिन नसक्ने अवस्था पनि आउने जनाइएको छ । ढुवानीमा पनि भ्याट लाग्ने भएपछि उत्पादनकर्ताहरुको उत्पादन बजारमा लैजान लागत बढ्ने र उनीहरुले उत्पादनको लागत मूल्य बढाउने छन् र त्यसको प्रत्यक्ष मार उपभोक्ताहरुलाई पर्ने बताउदै संवन्धित निकाय जिम्मेवार हुन आग्रह गरिएको छ ।
ढुवानी व्यवसायीहरु करको दायरामा रहदै अहिले पनि २.५ प्रतिशत
टिडिएस सरकारलाई तिर्दै आएको वर्तमान अवस्थामा आर्थिक वर्ष २०७६/७७ को बजेटसँगै
ढुवानी सेवावापतको भ्याट बिल काट्नुपर्ने भएमा ढुवानी व्यवसायीहरु भाडा बढाउन बाध्य हुने पनि विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस्