ताजा अपडेट »

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

आइतबार, २२ चैत्र २०७७, १० : ४८
8 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बिहान ११ बजे बोलाइएको बैठक नबस्ने भएको हो ।

अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक नबस्ने सूचना आएको एक नेताले जानकारी दिए । अर्को बैठक बस्ने मिति भने तोकिएको छैन । माओवादी केन्द्रको आजको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको थियो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।