ताजा अपडेट »

तिलोत्तमाका सडकमा १ सय ५० डष्टबिन

मंगलबार, २८ जेठ २०७६, १४ : ५६
8 Shares

‘तिलोत्तमा विकसित मुलकका शहर भन्दा कम नहुने’

जेठ २८, बुटवल । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले आफ्नो कार्य क्षेत्र भित्र पर्ने तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि ड्राइभरटोलसम्मको ६ लेन सडकको दुबै किनारमा डष्टबिन राखेको छ । सस्थाले सडकको दुबै किनारमा रहेका बिद्युत पोलमा करिव डेढ सय डष्टबिन राखेको हो । त्यस्तै शंकरनगरचोकदेखि शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रसम्मको सडकमा पनि सस्थाले डष्टबिन राख्ने भएको छ ।


सस्थाले मँगलबार आज योगिकुटीमा एक कार्यक्रमको आयोजना गरी डष्टबिन राख्न सुरु गरेको छ । योगिकुटीमा बिद्युत पोलमा डष्टबिन राखेर कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले शंकरनगरबाट सुरु भएको खुल्ला दिशामुक्तको अभियानले राष्टिय रुप लिए जस्तै सार्बजनिक क्षेत्रको सरसफाईमा सुरु गरेको यो अभियानले पनि व्यापकता पाउने बिश्वास व्यक्त गरे । उनले फोहोर बिर्सजन र सरसफाई प्रत्येक नागरीकले आफनै घरबाट सुरु गर्नु पर्ने र सार्बजनिक क्षेत्रलाई वातावरण मैत्री र सुन्दर सफा बनाउनु पर्ने बताए । यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित मन्त्री गिरीले सडकमा फोहोर हुन नदिन सफा सुग्घर बनाउन सके र सहित रुपमा ट्राफिक व्यवस्थापन गर्न सके तिलोत्तमा विकसित मुलकका शहर भन्दा कम नहुने बताए । उनले तिलोत्तमाको मात्र नभई समग्र रुपन्देही जिल्लाको फोहोर व्यवस्थापनका लागि उर्जा, मल कारखाना के स्थापना गर्न सकिन्छ भन्ने सम्वन्धमा प्रदेश सरकारले बिस्तृत अध्ययन गर्न लागेको पनि जानकारी गराए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्वर २ का अध्यक्ष दधिराम गौतमले शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले खानेपानी र सरसफाईका क्षेत्रमा गरेको कार्यले वडाको काममा निकै सहयोग पुगेको बताए ।  सस्थाका अध्यक्ष हरी प्रसाद तिवारीले सस्थाको कार्यक्षेत्रलाई पूर्ण सरसफाईयुक्त बनाउन र ६ लैण्ड तथा अन्य सडकको सौन्दर्यता बढाउन सस्थाले डष्टबिन राख्न सुरु गरेको बताए । उनले आवश्यकता परे कार्य क्षेत्रका अन्य सडकमा पनि डष्टबिन राखिने बताए । सस्थाका कार्यसमिति सदस्य बेल प्रसाद शर्माको सञ्चालन र उपाध्यक्ष ओम प्रकाश खरेलको स्वागतमा कार्यक्रम भएको थियो । सस्थालाई तिलोत्तमामा शाखा कार्यलय रहेका साइन रेसुगां डेभलपमेण्ट बैक, मिसन डेभलपमेण्ट बैक, नेपाल कम्युनिटी डेभलपमेण्ट बैक र गरीमा बिकास बैकले डष्टबिन सौजन्य गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।