ताजा अपडेट »

राष्ट्रिय जनगणनाको तयारी तिब्र

शनिबार, २१ चैत्र २०७७, १७ : ०९
4 Shares

गुल्मी । गुल्मीमा राष्ट्रिय जनगणनाको तयारी तिब्र पारिएको छ । जिल्ला सदरमुकाम तम्घासमा कार्यालयको स्थापनासँगै जनगणनाको कामसमेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । तयारी स्वरुप जिल्ला स्तरीय जनगणना सचेतना कार्यक्रम गरिएको हो । जिल्ला जनगणना संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्लाका राजनीतिक दल, समाजसेवी, नागरिक समाजका व्यक्ति र पत्रकारको सहभागिता रहेको थियो । जिल्लामा कसरी जनगणना कार्य गर्ने भने विषम जिल्ला स्तरीय गोष्ठी गरिएको जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताए ।

१२ औं जनगणना–२०७८ लाई राम्रो संग सम्पन्न गर्ने सबैको सहयोग आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन । जिल्लाका सम्पूर्ण नागरिकलाई सभ्य तरिकाले आफ्नो सही तथ्याङ्क दिन आग्रह गरिन्। राष्ट्रिय जनगणना–२०७८ का लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको छ । जिल्लामा जनगणनाका लागि १०१ जना सुपरिवेक्षक र ४३४ जना गणक परिचालन हुने भएका छन् । गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन् । सुपरीवेक्षकले विस २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।