ताजा अपडेट »

३३४ सांसदलाई पनि ल्यापटप

मंगलबार, २८ जेठ २०७६, १४ : ३९
2 Shares

जेठ २८,

काठमाण्डौं । केही दिन अघि त्रियुगा नगरपालिकाले ३० जना पत्रकारलाई ल्यापटप वितरण गरेको खवरको चर्चा नसेलाउँदै संघीय सरकारले पनि ३३४ जना सांसद्लाई ल्यापटप वितरण गर्ने जानकारी प्राप्त भएको छ । सरकारले संघीय सांसदका  ३ सय ३४ जना सांसदलाई ल्यापटप दिने भएको छ ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउने भएका हुन् ।सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । अर्थले रकम दिने सहमति दिएपछि बोलपत्र मार्फत ल्यापटप खरीद प्रक्रिया अगाडि बढेको हो ।त्यसका लागि संघीय संसद सचिवालयले बोलपत्र आह्वान गरिसकेको छ । यसका लागि करिब साढे ३ करोड रकम खर्च हुने अनुमान गरिएको छ ।

संसद सचिवालयले ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम पनि दिनेछ । संसदमा ल्यापटप तथा कम्प्युटर चलाउन नजान्ने सांसदहरु धेरै रहेकाले तालिमको आवश्यकता पर्ने सचिवालयले जनाएको छ ।संसदलाई पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।