ताजा अपडेट »

दाङमा बस दुर्घटना, २ जनाको मृत्यु

शुक्रबार, २० चैत्र २०७७, १९ : १४
6 Shares


दाङ । दाङमा बस दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । घोराहिबाट लमहि जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि २ जनाको घटनास्थलमै ज्यान गएको छ भने दर्जन यात्रु घाइते भएकोे जिल्ला प्रहरीले जनाएको छ । ज्यान जानेहरुको नाम ठेगाना खुल्न सकेको छैन । अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम भैरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।

https://www.globalaawaj.com/archives/95792
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।