ताजा अपडेट »

आदिवासी जनजाती युुवा महासंघको महाधिवेशन बुटवलमा

शुक्रबार, २० चैत्र २०७७, १७ : २४
24 Shares

बुटवल । नेपालको कानुुन बिभेदकारी रहेको नेपाल आदिवासी जनजाती महासंघ संघीय परीषदका अध्यक्ष जगत बरामले बताएका छन् । शुक्रबार लुुम्बिनी प्रदेशको बुुटवलमा शुुरु भएको आदिवासी जनजाती युुवा महासंघको ५ औँ संघीय महाधिवेशनको समुुद्धघाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपालको हरेक लोकतान्त्रीक र नागरिक आन्दोलनमा आदिवासी जनजातीले रगत बगाएपनी त्यसको मुुल्यांकन नभएको बरामको गुनासो रहेको छ । उनले राज्यका नीतिगत र व्यवहार पनि जनजाती मैत्री बन्न नसकेको आरोप लगाए । साथै नेपालको आदिवासी जनजातीको समान विकास समानुुपातीक प्रतिनिधीत्व केवल देखाउने कुुरा मात्र भएको जिकिर गरे । नेपालको समृद्धि तब सफल हुुन्छ तब आदिवासीको विकास हुने बताए । कार्यक्रममा आदिवासी जनजाती युुवा महासंघका पूर्वअध्यक्ष ज्ञानेनद्र पुुनले अब युुवाहरु देशको नेतृतव गर्ने तहमा पुुग्ने सोचका साथ अघि बढ्न सुझाए । त्यस्तै एसीया आदिवासी पिपुुल प्याक्टका सदस्य सोनी लामाले नेपालको राजय सत्ता सिमीतको हातमा रहेकोले सक्रिय सहभागीता र समावेशीता आवश्यक रहेको बताए ।

यस्तै फोनीज लुुम्बिीनी प्रदेशका अध्यक्ष मिलन गाहा, आदिवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुुनुुवार, आदिवासी वाणिज्य संघका अध्यक्ष तेज बहादुुर राई लगायतले शुुभकामना मन्तब्य राखेका थिए । यही चैत्र २० र २१ गते दई दिनसम्म चल्ने महाधीबेशनले नया नेतृत्व समेत चयन गर्ने छ । देशभरका २० वटा जातीय संस्था प्रतिनिधीत्व गर्ने यस संस्था आज भन्दा १३ वर्ष अघि स्थापना भएको हो । कार्यक्रम बरिष्ठ उपाध्यक्ष जुुनुु पुुनको स्वागत र महासचीब हेमन्त राईको संचालन तथा अध्यक्ष जिएस तमुुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।