ताजा अपडेट »

पुन:स्थापित संसद तानातानको स्थितीमा : प्रधानमन्त्री

शुक्रबार, २० चैत्र २०७७, १६ : ०६
6 Shares

बुटवल । प्रधानमन्त्री केशी शर्मा ओलीले पुनःस्थापित संसद तानातानको स्थितीमा रहेको टिप्पणी गरेका छन् । संसदले आफ्नो कामलाई अगाडी बढान नसक्ने अवस्थामा राखेर निहित व्यक्ति तथा दलको स्वास्र्थमा तानातानको स्थितीमा पुगेको उल्लेख गरे । काठमाण्डौंमा मेलम्चि खानेपानी वितरणको समुद्घाटनका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुक विकासको गतिमा अघि बढेको दाबी गरे ।

परिभाषा नै थाहा नभएकाहरुले सरकारलाई ‘प्रतिगतमनको स्यालहुँईया’ मच्चाएको बताउँदै उनले सरकारलाई काम गर्न नदिइएको आरोप लगाए । ‘पहिले पनि सरकारलाई काम गर्न दिइएन, अहिले पनि दिइएको छैन ।’–प्रधानमन्त्री ओलीले भने । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पानी वितरणको उद्घाटन गर्दै आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले काठमाण्डौं बासीको प्रतिक्षित आयोजनालाई छिट्टै फूलफेजमा सञ्चालन गरिने बताए ।

हाल साढे ८ करोड लिटर पानी वितरण गरिएको यसलाई छिट्टै फूलफेजमा लैजाने उनले बताए । मेलम्ची खानेपानी आयोजनाले निर्धारित क्षेमताको एक तिहाई पानी मात्रै काठमाण्डौं ल्याएको र पूर्ण परीक्षणपछि आपूर्ति थप गरिने उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।