ताजा अपडेट »

विश्वकप क्रिकेट, बंगलादेश र श्रीलंका दुवै दोस्रो जितको खोजीमा

मंगलबार, २८ जेठ २०७६, १२ : २०
10 Shares

जेठ २८, काठमाण्डौं । १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज एक खेल हुँदैछ । बंगलादेश र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ। दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा एक जित र दुई हार व्यहोरेको बंगलादेश २ अंकसहित आठौँ स्थानमा रहेको छ । यस्तै श्रीलंका ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेर ३ अंकसहित छैठौँ स्थानमा रहेको छ । यसअघि सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल नतिजाविहिन बनेको थियो । वर्षाले प्रभावित खेल स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।