ताजा अपडेट »

फुटसल लिग ए डिभिजन छनौट : झरना र लुम्बिनी फाइनलमा

शुक्रबार, २० चैत्र २०७७, १५ : २१
4 Shares

बुटवल । रुपन्देहीमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग-२०७८ लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश छनौट चरणको खेलमा रुपन्देहीका झरना स्पोर्ट्स क्लब र लुम्बिनी फुटसल फाइनलमा प्रवेश गरेका छन् ।

अखिल नेपाल फुटबल संघको आयोजनामा सनराईज स्पोर्ट्स भलबारीमा शुक्रबार भएको पहिलो सेमीफाईनल खेलमा झरनाले ईन्टर स्र्पोट्स क्लबलाई ६–३ गोल तथा लुम्बिनीले कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्लालाई ७-१ गोल अन्तरले पराजित गर्दै छनौट चरणको फाइनलमा प्रवेश गरेको हुन । पहिलो खेलमा झरनाका दिपेश गुरुङ म्यान अफ दी म्याच तथा दोस्रो खेलमा लुम्बिनीका रोजन दाहाल म्यान अफ दी म्याच घोषित भएका थिए । तिन वटा प्रदेशका ८ टिम बीच भएको छनौट खेलबाट हुने संयोजक बिनोद गुरुङले बताए ।

प्रतियोगिताको विजेता एक टिम उत्कृष्ट १० ए डिभिजनमा छनौट हुनेछ । रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देही बिच छनौट हुने उनले बताए । देशभरका सात प्रदेशबाट छनौट भएका अन्तिम १० टिमले जनही १ लाख क्लब ब्यवस्थापन र यातायात खर्च पाउने उनले बताए । लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोलि चयन हुनेछ ।

काठमाण्डौंमा हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

https://www.globalaawaj.com/archives/95459
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।