ताजा अपडेट »

यस्तो छ सवारी चालक अनुमति पत्रका लागि ट्रायलको अंकभार, जेठदेखि लागू हुने

शुक्रबार, २० चैत्र २०७७, १३ : ५५
2 Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्रको ट्रायलमा नयाँ निर्देशिका अनुसार परिक्षर्थीले ६० प्रतिशत अंक ल्याए लाइसेन्स पाउने छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परिक्षा कार्यविधि निर्देशिका २०७७ मा सहमति दिएसँगै आगामी जेठ १ गतेबाट त्यसलाई कार्यान्वयनमा लगिने भएको छ ।

यसअघि यातायात व्यवस्था विभागले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लाइसेन्स वितरण प्रक्रियालाई सरलिकरण गर्ने भन्दै सवारी चालक अनुमतिपत्र संचालन कार्यविधि तयार गरेर मन्त्रालय पठाएको थियो । नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेड जस्ता सवारी साधनको प्रयोगात्मक र लिखित परिक्षाको स्वरुप परिमार्जन गरेको हो । लिखित परिक्षामा पनि पहिले जस्तो धेरै प्रश्न आउने छैनन् । ५÷५ अंकको जम्मा २० वटा प्रश्न मात्रै सोधिने छ । विभागले ५०० वटा प्रश्न संकलन गर्ने र त्यहि मध्यबाट २० वटा प्रश्न सोध्ने छ । लिखित परिक्षामा उत्रिर्ण हुन भने ८० अंक अनिर्वाय ल्याउनु पर्ने हुन्छ ।

नयाँ निर्देशिका अनुसार प्रयोगात्मक परिक्षामा पनि हरेक स्टेपको अंक बाढीएको छ । आठको अंकभार २० हुने छ । यदि आठमा एक पटक खुट्टा टेके १० अंक घट्ने छ । तर दुई पटक खुट्टा टेकेमा फेल हुने छ । साँघुरो फलेकको अंक १० हुने छ । यसमा कुनै गल्तिगरे फेल हुने छ । यूटर्नको अंकभार १० हुने छ । यसमा असफल भए १० अंक घट्ने छ । स्पीड ब्रेकरको १५ अंकभार हुने छ । यसमा एक पटक खुट्टा टेकेमा ५ अंक घट्ने छ भने स्टार्ट बन्द भए अर्को ५ अंक घट्ने छ । तर, दुई पटक खुट्टा टेकेमा फेल हुने छ । त्यस्तै उकालोलाई २० अंकभार दिइने छ । यसमा कुनै गल्तिभए स्वत फेल हुने छ । सवारी साधन निरिक्षण नगरि चलाएमा ३ अंक, हेल्मेट नलगाए ४ अंक र अनियन्त्रीत तरिकाले चलाए ३ अंक घट्ने छ ।

यसरी समग्रमा प्रयोगात्मक परिक्षामा ६० अंक ल्याउने चालकले लाइसेन्स पाउने छन् । यस अघि भने सतप्रतिशत पास हुनु पर्ने व्यवस्था छ । त्यति मात्र हैन नया निर्देशिका अनुसार अब परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने छ । यस अघि परिक्षा लिने ठाउँ कै सवारी साधन प्रयोग गर्नु पर्ने बाध्यता थियो । जसको कारण अधिकांश फेल हुने गरेका थिए । तर आफ्नै सवारी साधन प्रयोग गर्न भने सरकारले मापदण्ड तोकेको छ । त्यसका लागि ९५ सीसी क्षमताभन्दा माथिको मोटरसाइकल वा स्कुटर हुनु पर्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।