ताजा अपडेट »

खनाल-नेपाल पक्षको स्थायी समिति बैठक सुरु

शुक्रबार, २० चैत्र २०७७, १३ : १५
4 Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठक सुरु भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा भर्खरै बैठक सुरु भएको एक स्थायी समिति सदस्यले जानकारी दिए । बैठक बिहान ११ बजेका लागि बोलाइएपनि झण्डै डेढ घण्टा ढिलागरी सुरु भएको हो । 

आफू पक्षका चार नेतालाई कारबाही गरेपछि नयाँ रणनीति बनाउने विषयमा आजको छलफल केन्द्रीत हुने ती नेताले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीलेले वरिष्ठ नेता माधव नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई एमाले पार्टी सदस्यबाट निलम्बित गरेका छन् । आजकाे बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्नेसमेत बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।