ताजा अपडेट »

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा ३ जनाको उम्मेदवारी

शुक्रबार, २० चैत्र २०७७, १२ : ५०
4 Shares

बुटवल । चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदावरी दर्ता गराएका छन् । प्रदेश अध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्ष भरत केसी, महासंघ गुल्मीका पूर्वअध्यक्ष धनश्याम गौतम र बर्तमान केन्द्रिय सदस्य बसन्त गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपाध्यक्षमा गणेश कुमार आचार्य, माधव भाट, शिवलाल सुवेदी शुक्रऋषि चौलागाई, महिला उपाध्यक्षमा चुमा आचार्य र पुष्पा खनालले उम्मेदावरी दिएका छन् । महासचिवमा गोबिन्द्र प्रसाद शर्मा, विक्रम खड्का, विश्वराज पछलङ्या चौधरी, श्यामलाल पोखरेलबीच प्रतिस्पार्धा हुने भएको छ । सचिवमा काशीराम शर्मा, जयसिंह केसी, नरेश केसी, तिलक गाउँले र रमेश पोखरेल, समाबेशी सचिव पदमा राजेन्द्र रावत क्षेत्री र शिव कुमार सुनारले उम्मेदावरी दिएका छन् ।

साथै कोषाध्यक्षमा नन्दराम पौडेल, नवराज भुसाल र यमनाथ घिमिरेले उम्मेदावरी दर्ता गरेका छन् । यस्तै खुल्ला सदस्यमा किरण विक्रम शाह, कुलराज बञ्जाडे, केशर बहादुर रोका, गोपाल भण्डारी, जीवन डाँगी, देविराम बञ्जाडे, प्रेम नारायण आचार्य, भुवन कार्की माधवराज न्यौपाने, सुनिल कुमार पोखरेल, महिला सदस्यमा पार्वती आचार्य, पार्वती बस्नेत, मिना ढकाल, सरला सुवेदी सावित्री रसाइली, दलित सदस्य पदमा गोविन्द विक, चिन्ता बहादुर दर्जी, शान्ति विक, आदिवासी जनजाति सदस्यमा गणेश सारु, टेक बहादुर मस्की, भिम प्रसाद गुरुङ र सनु थापा, मधेशी सदस्यमा अंकुश कुमार श्रीवास्तव, तुलसीराम यादव, विन्दु कुमार चौहान र रामविकास चौधरी, अल्पसंख्यक सदस्यमा ओरीराम चौधरी र मो.आरिफ अन्सारीले उम्मेदावरी दर्ता गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।