ताजा अपडेट »

कर्णाली प्रदेश पत्रकार महासङ्घको अध्यक्षमा चारको उम्मेदवारी

शुक्रबार, २० चैत्र २०७७, ११ : ४३
14 Shares

कर्णाली । देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासङ्घको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा उम्मेदवार निर्मला शर्मा नेतृत्वको संयुक्त प्यानलबाट विष्णु शर्माले कर्णाली प्रदेश समितिको अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

त्यसैगरी दुवै सङ्गठनबाट नमनकुमार शाही र रत्न कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैगरी खुला उपाध्यक्षमा चक्रबहादुर खत्री, नगेन्द्र उपाध्याय र पवित्र शाही, महिला उपाध्यक्षमा कृष्णमाया उपाध्याय र विमला खड्का, महासचिवमा अनन्त बराल, खगेन्द्रप्रसाद भट्टराई र तप्तबहादुर मल्ल, खुला सचिवमा आकाशतारा वयक र दीपक बुढा, समावेशी सचिवमा अशोक राजी, दिनेशकुमार श्रेष्ठ र सन्तोष घर्ती, कोषाध्यक्षमा अशोककुमार सिंह, गणेशकञ्चन भारती र गोविन्द केसीले उम्मेदवारी दिएको प्रदेश निर्वाचन समितिका संयोजक पिताम्बर ढकालले जानकारी दिए । त्यस्तै, खुला सदस्यमा १७, महिला सदस्यमा छ, आदिवासी/जनजाति सदस्यमा तीन, दलित सदस्यमा दुई र अल्पसङ्ख्यकमा एकको उम्मेदवारी परेको संयोजक ढकालले जनाए । सात पदाधिकारीको सङ्ख्यामा २० जना र १४ जना सदस्यमा २९ गरी ४९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ ।

रासस
लेखकको बारेमा
रासस