ताजा अपडेट »

माछा मार्ने बम बनाउने क्रममा विस्फोट : दुई गम्भीर घाइते

शुक्रबार, २० चैत्र २०७७, ११ : १७
4 Shares

गलकोट । बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । बडीगाड गाउँपालिका- २ सिमलचौरमा २८ वर्षीय अरुणकुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक विस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

बम विस्फोटमा मित्र राना र अरुणकुमार पुन गम्भीर घाइते भएको हवारीको भनाइ छ । उनीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि पाल्पास्थित प्रभास अस्पताल पठाइएको सूचना अधिकारी हवारीले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस