५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

जेठ २७, काठमाण्डौं । यो वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन सोमबार अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए । ‘मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ ।’ उनले भने ।

Advertisement

मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । नेपालमा मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन् । जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिए ।

मनसुन पूर्ण सक्रिय हुनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्प्रष्टसँग देखिनपर्ने हुन्छ । न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेकोको हुनुपर्छ । यसका साथै उच्च चापीय क्षेत्रको विकास पनि भएको हुनुपर्छ । सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । यसवर्ष मनसुन एक साता ढिलो गरी शुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गतवर्ष जुन ८ मा मनसुन शुरु भएको थियो ।

रासस

प्रतिकृया दिनुहोस्

Flash News

यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु