ताजा अपडेट »

सन्यास लिए भारतीय क्रिकेटर युवराज सिंहले

सोमबार, २७ जेठ २०७६, १५ : ०९
4 Shares

जेठ २७, काठमाण्डौं । भारतीय चर्चित क्रिकेट खेलाडि युवराज सिंहले क्रिकेट जिवनबाट सन्यास लिएका छन् ।

१८ वर्षसम्म राष्ट्रिय टिमबाट क्रिकेट खेल्दै आएका उनले सोमबारदेखि औपचारीक रुपमा टी–२०, ओडिआई विश्वकप र टेष्टबाट नै सन्यास लिएका हुन् । भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन अलराउण्ड प्रदर्शन गरेका सिंह क्रिकेटका किंगको रुपमा परिचित छन् ।

यस्तै सन् २००७ मा भारतलाई टी २० विश्वकप जिताउन पनि उनको महत्वपूर्ण भूमिका थियो । उनले भारतका लागि ४० टेष्ट, ३०४ ओडिआई र ५८ टी-२० खेलेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।