ताजा अपडेट »

अदालतको कर्मचारी दश हजार घुससहित पक्राउ

सोमबार, २७ जेठ २०७६, १३ : ४२
8 Shares

जेठ २७, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले घुस सहित एक जनालाई पक्राउ गरेको छ । अख्तियारले रुपन्देही जिल्ला अदालतको एक कर्मचारीलाई मंगलबार रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसंग मुद्दा मिलाइदिने भन्दै दश हजार रुपैयाँ घुस लिदैं गरेको अवस्थामा अदालतको बालमनोविज्ञ शान्ति अधिकारीलाई भैरहवा स्थित नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रबाट अख्तियारले पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।