ताजा अपडेट »

विपद् व्यवस्थापन, पुनर्निर्माण सम्बन्धी दक्षिण एसियाली सम्मेलन सुरु

सोमबार, २७ जेठ २०७६, १३ : ३२
10 Shares

जेठ २७, काठमाण्डौं । विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिकासम्बन्धी दक्षिण एसियाली सम्मेलन आजदेखि काठमाण्डौंमा शुरु भएको छ ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु र विज्ञहरुको सहभागिता रहनेछ । यस्तै चीनका प्रतिनिधि पनि सहभागी हुनेछन् । सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धीहरु र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिने कार्यक्रम छ ।

यस्तै विज्ञहरु, गाउँपालिका र नगरपालिका प्रमुखहरुको पनि प्रस्तुति रहने छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।