ताजा अपडेट »

‘नाई नभन्नु ल-५’ ट्रेन्डिङ नम्बर १ मा

सोमबार, २७ जेठ २०७६, १३ : २९
6 Shares

फिल्म ‘नाई नभन्नु ल-५’ युट्युबमा सार्वजनिक भएको छ । अभिनेत्री स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्माको मुख्य भूमिका रहेको यो फिल्म युट्युबमा रिलिज भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ ।

२०१८ को अगस्टमा प्रदर्शन भएको यस फिल्मलाई विकाश राज आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्माका बाहेक अभिनेत्री निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने पुरुषोत्तम प्रधानले खिचेका छन्। यस फिल्ममा विकाश राज आचार्य र सामिप्य राज तिमल्सिनाको कथा रहेको छ ।

चलचित्र नाई नभन्नु ल ५ बाट नेपाली चलचित्र जगतमा भित्रिएकी बाल कलाकार सेड्रिना शर्माले पहिलो चलचित्रबाट नै दर्शकको अत्याधिक माया पाउन सफल भइन् । उनको सुन्दर अनुहार र नरम बोलीले दर्शकलाई तान्ने गरेको छ । यस्तै सेड्रिनाले केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

करिब ४ महिना पहिले पढाईका लागि भारत गएकी सेड्रिना ४ महिनापछि आफ्नो छुट्टीमा नेपाल आएकी छिन् । उनको छुट्टी धेरै समयको लागि भने छैन । उनी १ हप्ता भित्र नै भारत फर्किनेछिन् । यस्तै नेपाल आउने वित्तिकै दर्शकमा सेड्रिनाले अब फेरि केही काम गर्छिन् भन्ने आश जागेको छ ।

यस्तै सेड्रिनाले सुरु सुरुमा आफूलाई अर्कामा देशमा गएर बस्न निकै गाह्रो भएको बताइन् । उनले घरको याद धेरै आएर सुरु सुरुमा आफू निकै रुने गरेको पनि बताइन् । सेड्रिनाले आफ्नो पहिलो चलचित्र नै चर्चित बाल कलाकार अनुभव रेग्मीसँग गरेकी थिइन् । त्यसैले उनको नाम अनुभवसँग जोडिएर आउने गरेको छ । तर उनले अनुभव आफ्नो भाई भएको बताउँदै आएकी छिन् ।

त्यस्तै उनले नेपाल आइडल बाट चर्चामा आएका कृशल कडेलसँग पनि काम गरेकाले उनको नाम कृशलसँग पनि जोडिन्छ । उनले कृशल आफ्नो दाई भएको बताएकी छिन् । त्यस्तै अनमोल केसीसंग पनि फिल्म खेल्ने चाहना भएको बताएकी छिन । उनले भनेकी छिन ‘म हिरोइन भएपछि अनमोल केसीसँग फिल्म खेल्न चाहन्छु।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।