ताजा अपडेट »

प्रतिनिधिसभामा प्रस्तुत विनियोजन विधेयकमाथि छलफल

सोमबार, २७ जेठ २०७६, ११ : १३
8 Shares

जेठ २७, काठमाण्डौं । आजदेखि प्रतिनिधिसभामा प्रस्तुत विनियोजन विधेयकमाथि छलफल हुने भएको छ ।

संघीय संसदमा प्रस्तुत बजेटबारे सांसदहरुबीच छलफल गरेर पारित गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप आजबाट छलफल सुरु हुन लागेको हो । बैठक ११ बजेदेखि शुरु भएको हो । संघीय संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा बजेटको मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने छ ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटबारे सांसद्हरुले राखेका विभिन्न प्रस्तावबारे छलफल हुने सचिवालयले जनाएको छ । राष्ट्रियसभा बैठक पनि ११ बजेदेखि नै बसको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।