ताजा अपडेट »

कर्णाली जाने कर्मचारीकाे तलब एक लाख

सोमबार, २७ जेठ २०७६, १० : ४५
10 Shares



जेठ २७,

काठमाण्डौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई एक लाख रूपैयाँ तलब दिनु पर्ने प्रस्ताव गरेका छन् । संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा बोल्दै सांसद शर्माले कर्णालीमा कर्मचारी नबस्ने भएकाले उनीहरूको तलब बढाउनु पर्ने देखिएको बताएका हुन् ।

‘म कर्णालीको नीति तथा कार्यक्रम छलफलमा गएर आएँ । त्यहाँ कर्मचारी बस्दैनन्, उनीहरूलाई टिकाउन कर्मचारीलाई एक लाख र प्रमुख सचिवलाई तीन लाख तलब दिऔं,’ शर्माले भने ।प्रदेश सरकार बनेको डेढ वर्ष बित्न लाग्दा पनि पहाडी र हिमाली जिल्लामात्र भएको कर्णालीमा आवश्यक कर्मचारी पुगेका छैनन् ।



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।