ताजा अपडेट »

अर्घाखाँचीको पी.पी.सी. सिमेन्ट बजारमा

आइतबार, २६ जेठ २०७६, १९ : २४
78 Shares

गौतम भुसाल/ ग्लोबल आवाज

काठमाण्डौं । देशकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी अर्घाखाँची सिमेन्ट प्रा.लि.ले पी.पी.सी. (पोर्टल्याड पोजलाना सिमेन्ट) सिमेन्ट बजारमा ल्याएको छ । उद्योगले एक कार्यक्रमका बिच आफ्नो नया उत्पादन अर्घाखाँची पि.पि.सि. सिमेन्ट काठमाण्डौमा सार्वजनिक गरेको हो । नेपाल गुणस्तर तथा नाप तौल बिभाग बाट नेपाल गुणस्तर चिन्ह (एन.एस.) प्राप्त गरेसंगै देशैभरि बिक्रीका लागि उपलब्ध गराएको हो।

लामो समयदेखि आफ्नै खानीको चुनढुंगाका बाट क्लिंकर तयार गरि रुपन्देहीको सियारी–२, मैनिहवामा ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको यस कम्पनीले ग्राहकको मागलाई मध्यनजर गर्दै गुणस्तरीय पी.पी.सी. सिमेन्ट उत्पादन पनि थालेको जनाएको छ । उद्योगले विश्वमा प्रचलित अत्याधुनिक डेसिस प्रबिधीको भि.आर.एम. मेसिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टका निर्देशक पशुपति मुरारकाले बताएका छन । एउटै फयाक्ट्रीभित्र २ वटा छुट्टा छुट्टै प्रोडक्सन लाइनमार्फत् ओ.पी.सी. र पी.पी.सी. सिमेन्टको उत्पादन गर्ने सम्भवतः यो नै नेपालको पहिलो सिमेन्ट कम्पनी भएको उद्योगले बताएको छ ।

उद्योगले कम्पनीलाई आवस्यक प्रक्रिया पुरा गरि चाडैनै पब्लिक कम्पनी बनाएर सर्बसाधारणका लागि शेयर समेत जारी गर्ने पनि जनाएको छ । यस उद्योगमा नेपालकै प्रतिष्ठित औद्योगिक घराना सिद्धार्थ ग्रुप, मुरारका ग्रुप, केडीया अर्गनाईजेसन तथा भारतिय सिमेन्ट उत्पादक कम्पनी उमा सिमेन्टको लगानी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।