ताजा अपडेट »

निलम्बनपछि रणनीति बनाउन माधव-झलनाथ पक्षका नेताहरु आन्तरिक छलफलमा

मंगलबार, १७ चैत्र २०७७, ११ : ०१
2 Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्वन गरेपछि नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

एमाले अध्यक्ष ओलीले नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा आगामी रणनीति बनाउन नेताहरुसँग छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठक आज दिउँसो १२ बजे काठमाडौँको एक होटलमा तय भएको स्रोतले जनाएको छ ।

खनाल–नेपाल पक्षले जिल्लाहरूमा समानान्तर कमिटी बनाउने रणनीति बनाएको छ । गत फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल नेपाल पक्ष रुष्ट बनेको छ ।

https://www.globalaawaj.com/archives/94598
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।