ताजा अपडेट »

थ्री नेसन्स कपको उपाधि नेपाललाई

सोमबार, १६ चैत्र २०७७, १९ : ४५
4 Shares

काठमाडौँ । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । 

खेलको १८ औं मिनेटमा सन्जोग राईले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा विशाल राईले गो गर्दै नेपालको अग्रता दोब्बर बनाए । त्यसपछि ८३औं मिनेटमा बंगलादेशका सब्सिच्युट महाबुबुर रहमानले गोल गरेपनि नेपाल २-१ले विजयी बन्यो ।

राउन्ड रोविन लिगमा नेपालले एक गोल पनि नगरी लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो । तर, फाइनल खेलमा भने नेपालले २ गोल गर्न सफल भएको हो । नेपालले यो १८ महिनापछि पहिलो पटक गोल गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।