ताजा अपडेट »

होलीमा झडप : बाग्लुङ्ग घटनालाई नजिकबाट नियाल्ने भन्छन्...

सोमबार, १६ चैत्र २०७७, १५ : ४८
6 Shares


बुटवल । हिजो बाग्लुङ्गको राजकुटबाट दर्लिङ्गको बल्लेधुरिमा होलि खेल्न जाने दर्जनौ युवा मध्येका हुन् , त्यस गाउँका युवा खगेन्द्र गुरुङ्ग । हो म हिजो सङ्गै आएको हु , त्यसैले मलाई अहिले प्रहरीले लडेको ठाउँ देखाउन ल्याउनु भएको छ, गुरुङ्गले भने । उनले हिजो दिउँसो राजकुटबाट १० बजेतिर सबै जना एक साथ पुगेको र बल्लेधुरी पुगेर ४ बजेको समय सम्म रमाइलो गरिएको त्यस पछि रङ दल्ने क्रममा झडप भएको बताए । मृतक २ जना र १५ जना जति राजकुटका युवाहरु घाइते भएको र बुर्तिबाङ्ग्मा उपचार भैरहेको बताए । दर्लिङ्ग्का ७३ बर्षिय वृद्ध दुर्गा बहादुर बुढा भन्छ्न यो उमेरसम्म यस्तो डर लाग्दो घटना अहिले घटेको सुनाउँछन्।

उनका अनुसार पुस महिना लाफेदेखि माथी लेकमा तरुनी तन्नेरिहरु घाँस दाउरा जाने रङ्ग दल्ने , पिच्केरी खेल्ने चलन पुरानो भए पनि सामुहिक रुपमा फागुपूर्णिमा मनाउन लागेको १० वर्ष जति भयो । तल गङ्गरेमा हरेक बर्षको जेठ २० गते मेला लाग्ने प्रचलन परम्परादेखि हो । बृढ् बुढाले खुकुरी भिरेर हिड्ने चलन अनुसार गङारे मेलामा उनि नजन्मने बेला दुई जना काटाकाट गरेका थिए । त्यसपछि ठूलो घटना यसपटक हो ।

https://www.globalaawaj.com/archives/94558
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।