May 20, 2022
जेठ २६, काठमाण्डौं । नेपालको ७७ वटा जिल्लामा २३ वटा देशका एनजीओेले २५ अर्ब रुपैयाँ खर्चने भएका छन् । बेलायतले एक्सन एड इन्टरनेसनल नेपाल एनजीओेमार्फत गरिबी निवारणका लागि २४ जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सो एनजीओेले सन् २०१६ देखि सन् २०१९ सम्म वार्षिक ३३ करोड ७० लाख ७८ हजार रुपैयाँ खर्च गर्नेछ ।
फ्रान्सले नुवाकोट र रसुवामा एक्सन कोट्रेला एनजीओेमार्फत बास परियोजनाका लागि १० करोड ९९ लाख ३१ हजार रुपैयाँ यस वर्ष खर्चने भएको छ । आउँदो आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा काम गर्न लागेका १ सय ३७ आईएनजीओमध्ये १ सय ६ ईयू र अमेरिकासँग सम्बन्धित छन् । बाँकी ३१ एसिया, अस्ट्रेलिया र दक्षिण अमेरिकी राष्ट्रसँग सम्बन्धित छन् ।
आइएनजिओले गर्ने खर्चको अनुगमन हुन नसक्दा उनीहरुको पारदर्शीता माथि प्रश्न चिन्ह सिर्जना हुने गरेको छ । जर्मनीले अबो इन्टरनेसनल गैरसरकारी संस्थामार्फत काठमाडौं, सिन्धुपाल्चोक, चितवन रसुवा कञ्चनपुर र डोटीका लागि नेपालमा सुरक्षित बसाइँसराइको प्रवद्र्धन आप्रवासीको हक अधिकारको संरक्षण र बेचबिखनविरुद्ध कार्यक्रमका लागि ४६ करोड ३ लाख ८ हजार रुपैयाँ यो वर्ष खर्च गर्ने भएको छ । नुवाकोटका लागि सो एनजीओेमार्फत यस वर्ष विपद् सामना सक्षमता कार्यक्रमका लागि ३ लाख २३ हजार खर्च गर्ने भएको छ । त्यस्तै ब्याक टु लाइफ एनजीओेमार्फत स्वास्थ्य, शिक्षा र समुदायको प्रवद्र्धनका लागि मुगु, नुवाकोट र चितवनमा १२ करोड ८७ लाख ४० हजार रुपैयाँ खर्च गर्ने भएको छ ।
अर्थ मन्त्रालयले हालै प्रकाशित गरेको ‘प्राविधिक तथा अन्य सहायता विवरण’ पुस्तिकाअनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालका ७७ वटै जिल्लामा एक वर्षको अवधिमा २५ अर्ब रुपैयाँ लगानी गर्ने आईएनजीओ २३ देशसँग सम्बन्धित छन् । आईएनजीओले भूकम्पपछिको पुनर्निर्माण, गरिबी निवारण, सामुदायिक विकास, कुपोषण, एचआईभी भएका व्यक्तिको उपचार, मातृशिशु स्वास्थ्य, समुदायको क्षमता अभिवृद्धि, महिला सशक्तीकरण, कृषि, आप्रवासन, सुरक्षित आवास, हरियो वन, समावेशी तथा गुणस्तरीय शिक्षा, सडक बालबालिका, क्षयरोग र कुष्ठरोग नियन्त्रण, सीमान्तकृत समुदायको जीविकोपार्जन सुधार, यौनहिंसा, जलवायु परिवर्तन, दिगो शान्तिलगायत कार्यक्रममा सो रकम खर्च लागेका हुन् ।
अमेरिकाले केयर इन्टरनेसनल नेपालमार्फत हरियो वन कार्यक्रमका लागि ३३ जिल्लामा यस वर्ष ११ करोड २१ लाख ४७ हजार रुपैयाँ खर्चने भएको छ । त्यस्तै, भूकम्प प्रभाव न्यूनीकरण परियोजनाका लागि धादिङ, सिन्धुपाल्चोक, गोरखा र लम्जुङ जिल्लाका लागि ७५ करोड ५९ लाख २१ हजार रुपैयाँ खर्च गर्ने भएको छ । स्विट्जरल्यान्डले सिन्धुपाल्चोकको भूकम्पप्र्रभावित विद्यार्थीका लागि कारितास गैरसरकारी संस्थामार्फत १९ करोड ७५ लाख ८८ हजार रुपैयाँ खर्चने भएको छ । त्यस्तै, बेल्जियमले नेपालको १३ जिल्लाका लागि सडक बालबालिका तथा युवाको सामाजिक पुनःस्थापना तथा जोखिम न्यूनीकरणका लागि यस वर्ष ४४ करोड ६२ लाख १ हजार रुपैयाँ खर्च गर्ने भएको छ । त्यस्तै, अमेरिकाले हेफर इन्टरनेसलनमार्फत दुग्ध तथा बाख्रा उत्पादन अभिवृद्धिका लागि पशु प्रणाली खोज तथा ल्याब परियोजनामा ३३ जिल्लाका लागि १७ करोड ९६ लाख ८ हजार यस वर्ष खर्च गर्ने भएको छ । नेपालमा सो रकम खर्च गर्ने धेरैजसो आईएनजीओ युरोपेली युनियन (ईयू) र अमेरिकासँग सम्बन्धित छन् ।
२३ देशका १ सय ३७ आईएनजीओले नेपालमा १ सय ८७ कार्यक्रम सञ्चालन गर्न लागेका छन् । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ती आईएनजीओले नेपालमा खर्चन लागेको कुल रकम २४ अर्ब ७९ करोड २४ लाख ८१ हजार रुपैयाँ छ ।
-साभार / निराजन पौडेल
प्रतिकृया दिनुहोस्