ताजा अपडेट »

काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप

सोमबार, १६ चैत्र २०७७, १० : २८
10 Shares

काठमाडौँ । चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ । 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङबाट उक्त परिमाणको कोरोना खोप लिएर सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  उक्त जहाज आइतबार साँझ बेइजिङ उडेको थियो  । 

चीनले उपलब्ध गराएको उक्त खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको उक्त खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण  गर्नुपर्दछ । 

चीनले गत माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि पछि थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसपछि यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।