ताजा अपडेट »

पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ

सोमबार, १६ चैत्र २०७७, १० : २३
4 Shares

तानसेन । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ राउतडाँडाका २५ वर्षीय सुमन गाहाको शरीर खानतलासी गर्दा फेनेरागन ७० वटा, नुफिन ३३ वटा ९दुई दशमलव पाँच एमएलको सिसी० र सिरिन्ज दुई थान बरामद गरी गाहालाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–१ चिलाङ्दीबाट तानसेन जाँदै गरेको लु२त ८६१६ नंको ट्र्याक्टर जाँचका क्रममा बिनाकागज प्रमाण ३५ दशमलव १० क्युफिट सालको काठ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

काठसँगै चालकसहित चार जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको र थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीसमेत रहनुभएका त्वातीले बताए । 

रासस
लेखकको बारेमा
रासस