५ माघ २०७८, बुधबार

Jan 19, 2022

कोटेश्वर जडिबुटी चोकमा आइतबार सवारी साधनको कागाजात जाँच गर्दै ट्राफिक प्रहरी । तस्वीर : रत्न श्रेष्ठ/रासस

काठमाण्डौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ । होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ । सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको जनाइएको छ । ट्राफिक व्यवस्थापनको योजना तयार गरी होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि साँझसम्मै सुरक्षा कडा पारी जाँच गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए ।

होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी हुईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालक उपर निगरानी बढाई कारवाही गरिएको उनले बताए । महाशाखाले आज मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई कारवाही गरेको छ । विना हेल्मेट र तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६०९ सवारी चालकलाई कारवाही गरिएको र होहल्ला गरी सवारी चलाउने, जबरजस्ती रङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पाङ्ग्रे र ४६८ वटा दुई पाङ्ग्रे सवारी साधन होल्ड गरी कारवाही गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा आज २१ वटा सामान्य दुर्घटनाहरू भएको महाशाखाले जनाएको छ । एयरपोर्टमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको काठमाडौँ मेडिकल कलेजमा र बुढानीलकण्ठमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा घाईते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनारहित होली बनाउने विशेष योजना सहितको जाँचको क्रममा मोडिफाइ गरेको मोटरसाइकललाई कारवाही गर्दा रु ५०० दिने चाबहिलका मन्दिल श्रेष्ठलाई पक्राउ गरी कारवाहीका लागि मालीगाँउ वृत्तमा पठाएको छ भने मादक पदार्थ सेवन गरी होहल्ला गर्ने मोटरसाइकललाई कारवाही गर्न खोज्दा रु एक हजार दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारवाहीका लागि सातदोबाटो वृत्तमा पठाएको महाशाखाले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’- आजदेखि माघ महिनाभर के गर्न पाइन्छ, के-के पाइँदैन ? क्षितिज लोहनी जसले प्रतिष्ठित एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरेका छन् रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन