May 23, 2022
गोल्डस्टार जुत्ता उत्पादन गर्दै आएको नेपालको जुत्ता कम्पनी किरण सु म्यानुफ्याक्चररले ‘पल्सर स्पोर्टस् अवार्ड’ का लागि ८ लाख नगदसहितको आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल खेलकुद पत्रकार मंच र सो कम्पनीबीच आगामी असार १७ गते काठमाडौंमा आयोजना हुने ‘पल्सर स्पोर्टस् अवार्ड’ कार्यक्रममा ८ लाख नगदसहित मनोनयनमा परेका विभिन्न खेलाडी र विजेता खेलाडीहरुलाई आफ्ना उत्पादन सामग्री सहितको उपहार उपलब्ध गराउने समझदारी भएको हो । मंचका अध्यक्ष देवेन्द्र सुवेदी र कम्पनीकी निर्देशक विदुषी राणाले हस्ताक्षर गरेको समझदारी पत्रमा सो सम्झौंता एक वर्षसम्म कायम रहने पनि उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै किरण सु म्यानुफ्याक्टररकी निर्देशक राणाले नेपालको खेलकुद क्षेत्रको विकासका लागि सो सहयोग उपलब्ध गराउन पाउनु आफ्नो कम्पनीका लागि गौरवको विषय भएको बताए । अवार्डका लागि एक हप्ता अघि नै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भएको छ । जसमा क्रिकेटमा सन्दिप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, व्याटमिन्टनका प्रिन्स दाहाल, महिला राष्ट्रिय फुटबलर सावित्रा भण्डारी, शारिरीक सुगठनका महेश्वर महर्जन रहेका छन ।
प्रतिकृया दिनुहोस्