ताजा अपडेट »

८९ जनामा कोरोना भाइरस, ९५ संक्रमणमुक्त

आइतबार, १५ चैत्र २०७७, १७ : १०

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ५३० जना संक्रमणमुक्त भएका छन् ।अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार २७ पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार २८२ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।