५ माघ २०७८, बुधबार

Jan 19, 2022

झापा । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा यहाँ सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला छन् ।कार्यालयका प्रमुख चुडामणि लुइँटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र महिला पाँच हजार ८१ गरी सात हजार ९३७ जनाको निवेदन आएको जानकारी दिए । उनले मागिएका कर्मचारी भन्दा सात गुणा बढीले जिल्लामा आवेदन फारम भरेको बताए ।

जिल्लामा सुपरीवेक्षकका लागि २५९ र गणकका लागि एक हजार ८१ जना कर्मचारी करारमा चाहिएको प्रमुख लुइँटेलले बताए । योग्यता क्षमता भएका तर पारिवारिक कारणले बाहिर गएर जागिर खान समस्या भएका महिलाले निवेदन दिएका कारण महिलाको सङ्ख्या बढी भएको हुनसक्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शाहीले बताए ।

छनोटमा परेका सुपरीवेक्षकले पहिलो चरणको कार्यक्रमअन्तर्गत घर तथा परिवारको सूचीकरण आगामी वैशाख २६ देखि जेठ १४ गतेसम्म प्रत्यकेका घरघर पुगेर गर्ने र त्यसकै आधारमा गणकले परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपक्षीसम्बन्धी विवरण, बैँकिङ पहुँचको विवरण सङ्कलन गर्नेछन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक, सरकार भन्छ- लकडाउन हुन्न एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण