ताजा अपडेट »

गुल्मीमा बाबुद्वारा बलात्कृत बालिकाले छोरा जन्माइन्

आइतबार, १५ चैत्र २०७७, ११ : ३४
14 Shares

गुल्मी । गुल्मीमा बाबुद्वारा बलात्कृत बालिकाले छोरा जन्माएकी छिन् । आफ्नै बाबुले कुकर्म गरेर पीडित बनाईएकी छोरीले आईतबार विहान अस्पतलामा छोरा जन्माएकी हुन् । गत शुक्रवार छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका ती व्यक्ति प्रहरी नियन्त्रणमा रहेका छन् ।

बाग्लुङ्गको निसीखोला गाउँपालिका–६ घर भई गत १५ वर्ष अघि देखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका ती ब्यक्तिले आफ्नी १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेर गर्भधारण गराएको भन्दै उनकी आमाले जाहेरी दिए पछि उनलाई शुक्रवार पक्राउ गरिएको थियो । सुरुमा ति बालिकाको पेटमा २० हप्ताको गर्भ छ भनेर अनुमान गरिए पनि उनको बच्चा जन्माउने अवधी पुगेको स्पष्ट थियो ।

सो अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर उत्तम पाच्य संग सम्पर्क राख्दा विहान उनलाई त्यहाँबाट रिफर गरेर गाडीमा राख्ने क्रममा उनले सन्तान जन्माएकी हुन । अहिले शिशु र सुत्केरी दुबैको अवस्था सामन्य रहेको डाक्टर पाच्यले बताए । उनीहरुको आर्थिक अबस्था कमजोर रहेकाले सहयोग संकलन कार्य रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्वर ९ का वडाध्यक्ष नारायण वराल ( सुनार ) ले हिजो देखि नै सुरु गरेका छन ।

https://www.globalaawaj.com/archives/94220
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।