२८ श्रावण २०७९, शनिबार

Aug 13, 2022

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा रु ११ करोड लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो ।

Advertisement

होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन् । बाह्र वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका राम गैरे तथा १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका चलचित्रकर्मी धु्रव न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो । गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन् ।

यसअघि धवलागिरि फिल्म हल रहेको भवनलाई व्यवस्थित गर्दै रु ११ करोडको लगानीमा होटल सञ्चालन गरेको गैरेले बताए । पाँच कठ्ठा पाँच धुर जमिनसहितको भवनलाई व्यवस्थित गर्दै होटल सञ्चालनमा ल्याइएको होटलको गुणस्तर तथा सेवा, सुविधा वृद्धि गर्दै लगिने गैरेले बताए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै नेपालकै केन्द्रमा पर्ने गैँडाकोटमा समेत पर्यटनको ठूलो सम्भावना देखिएका कारण उनले पाँच वर्षको अध्ययनपछि होटल सञ्चालनमा ल्याएको बताए ।

ठूला होटलले प्रदान गर्ने सेवा, सुविधा सस्तो शुल्कमा प्रदान गरिने भन्दै सञ्चालक न्यौपानेले नेपालमा नै स्थापित हुने गरेर होटलमा लगानी गरिएको बताए । सो होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमिनार हल, ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ । एक सय जनासम्म बास बस्न मिल्ने गरी तीन प्रकारका कोठाको व्यवस्था गरिएको उल्लेख गर्दै न्यौपानेले एकैपटकमा एक हजार ५०० जनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको जानकारी दिए ।

नेपाली, चाइनिज, इण्डियन, थाइलगायत एशियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको न्यौपानेले बताए । रु ५०० देखि दुई हजार २०० सम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए । होटलमा स्विमिङ पुल (पौडी पोखरी)को तयारीसमेत भइरहेको उनको भनाइ छ ।

होटलका व्यवस्थापक हरि पौडेलले होटललाई जिल्लाकै उत्कृष्ट होटलका रूपमा स्थापित गर्दै लैजाने बताए । होटलमा प्रत्यक्षरूपमा १६ जनाले रोजगार पाएको पौडेलको भनाइ छ । होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिने उल्लेख गर्दै पौडेलले यसबाट स्थानीय उत्पादनको प्रर्वद्धन हुने बताए ।

सो होटलको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले गरेका थिए । शनिबार होटल उद्घाटनका क्रममा ढकालले लगानीको वातावरण गराउन राज्यले समेत सोहीअनुरुपको नीति ल्याउनुपर्ने बताए । होटलले गुणस्तर र सेवाग्राहीको इच्छाअनुसारको सेवा, सुविधा उपलब्ध गराउनुपर्ने ढकालको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छ : ओली एभेरष्टद्वारा विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण मणिउजेशद्वारा बुटवलमा नेतृत्व विकास तथा शैक्षिक कार्यक्रम एनआरएनए कार्यालयको बिजुली काटियो गतवर्ष १ सय ४० राष्ट्रसंघीय सहायताकर्मीको हत्या निहारिकाको माग पूरा नगर्ने सरकारमाथि बालेनको प्रश्न – ‘यो अत्ति हो..कानूनी राज्य यस्तो हुँदैन’ थप २६३ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु राप्रपा नेपाल केन्द्रीय समिति बैठक ३० र ३१ साउनमा स्व. बोगटीलाई सम्झिँदै प्रचण्डले भने- पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रो थिए निहारिकालाई भेट्न शिक्षण अस्पताल पुगे मेयर बालेन रुकुममा प्रहरीको गाडी दुर्घटना : एक सुरक्षाकर्मीको मृत्यु, ५ घाइते निर्माण रोक्न आफ्नै कार्यकर्ताले तोडफोड गरेको दर्बाह पार्कको गृहमन्त्री खाँणद्वारा उद्घाटन पर्यटकको आकर्षणको केन्द्र बन्दै महभिर झरना लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार भदौ ५ भित्र उजुरी दिन मिटरब्याजी पीडितलाई गृहको आग्रह उत्तर कोरियामा अनिवार्य मास्कको प्रावधान हटाइयो नारायण बिपिको तीज गीत ‘निलो फरिया’ गुल्मेली समाज जापनद्वारा गृहजिल्लाका विभिन्न संस्थालाई सहयोग नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर आज आइपुग्ने ३२ आमा साक्षर बन्ने दौडमा