१० माघ २०७८, सोमबार

Jan 24, 2022

कास्की । पोखरा महानगरपालिकाको सबैभन्दा उचाइमा अवस्थित वडा नं २० को मौजामा पूर्वाधारयुक्त ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानलगायतका संरचना निर्माण हुने भएको छ ।

Advertisement

समुद्री सतहबाट एक हजार ६५० मिटर उचाइमा निर्माण गरिने उच्च पर्वतीय खेल मैदानको शनिबार महानगरपालिका प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमका बीच संयुक्तरूपमा शिलान्यास गरे । पोखरा महानगरपालिकाले उच्च पर्वतीय खेल मैदान पूर्वाधार निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकूदको अभ्यासस्थलका रूपमा विकास गर्ने गरी चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट काम शुरु गरेको हो । महानगरले पर्वतीय खेल मैदानलाई महानगर गौरवको योजनाका रूपमा लिएको छ ।

मौजाको तोयँढापडाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल, बास्केटबलसहितका खेल पूर्वाधार निर्माणका लागि रु १६ करोडको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको महानगर प्रमुख जिसीले जानकारी दिनुभयो । फुटबल मैदान (इलाभेन साइड), बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा (चेञ्जिङ रुम), दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट, चमेनागृह, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने डिपिआरमा उल्लेख छ ।

चालु आवमा खेल मैदानका लागि रु ५० लाख बजेट विनियोजन गरिएकामा सो बजेटबाट खेल मैदान सम्याउने र तारबारको काम गरिने प्रमुख जिसीले बताए । उनले भने, “विश्वकै उत्कृष्ट ठाउँमध्ये पोखरामा खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धनका लागि खेल मैदानले सघाउने छ । सजिलो रूपमा पहुँच पुग्न सक्ने यस ठाउँमा खेल मैदानको निर्माणमा सहयोग गर्नु सबै पोखरेलीको दायित्व हो ।”

मैदानबाट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरबस्ती तथा हरियाली जङ्गलको सुन्दरताले यस क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेकाले खेल पर्यटनको विकासमा कोसेढुङ्गा सावित हुने महानगरले जनाएको छ । गण्डकी प्रदेशसभा सदस्य थापाले खेल मैदानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्राकृतिकरूपमा सुन्दरस्थलमा खेल पूर्वाधार निर्माण हुँदा यससँगैका छिमेकी वडामा समेत विकासको ढोका खुल्ने भनाइ उनको थियो ।

खेल मैदान निर्माण सम्पन्न गरेर राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण गराउने आफूहरुको योजना रहेको सोही वडाका वडाध्यक्ष सीम गुरुङले बताए । उनले भने, “हिमालको काखमा ग्रामीण परिवेशमा जैविक परिकारका साथमा फुटबल प्रशिक्षण गराउने योजना छ । यसबाट नेपालको फुटबलमा सकारात्मक नतिजा दिन्छ भन्नेमा विश्वस्त छौैँ ।”

महानगर योजना महाशाखा प्रमुख इञ्जिनीयर शारदामोहन काफ्लले बहुवर्षीय योजनाका रूपमा खेल मैदान निर्माण अघि बढाइने बताउँदै बर्सेनि बजेट विनियोजन गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे