१० माघ २०७८, सोमबार

Jan 24, 2022

फाइल तस्विर

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरुको पहिचान भएको बताएका छन् । फागु पूर्णिमाको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको उल्लेख गरेका छन् ।

“रङहरुको पर्व फागु पूर्णिमा अर्थात् होलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु । प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको छ । त्यसो त धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो । यसले नै सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा जोडेको छ । यही एकताको जगमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै आज हामी सबैको प्राथमिक दायित्व हो”, मुख्यमन्त्री पौडेलको सन्देशमा उल्लेख छ ।

पौडेलले कोरोना महामारीको सम्भावित दोस्रो लहरका कारण यस वर्षको होली विगतको जस्तो गरी मनाउन सकिने अवस्था नरहेको उल्लेख गरेका छन् । उनले आवश्यक सावधानीसहित आफ्नो घर परिवारमा सीमित भई होलीपर्व मनाउन अनुरोध गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा यस पर्वले थप उत्साह एवं उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे