ताजा अपडेट »

टिन लिडर–२०७७ को उपाधि सरोजलाई

शनिबार, १४ चैत्र २०७७, २३ : ५६
8 Shares

बुटवल । लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता ‘टिन लिडर सिजन–२ ’ को उपाधि सरोज न्योपानेले जितेकी छन् । शनिबार सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । सरोज तेस्रोलिङ्गी महिला हुन् । इन्टेलेक्ट इन्ष्टिच्यूशनको आयोजनामा तिलोत्तमा स्थित होटल टूलिपमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिका साथ विजेता बन्न सफल न्यौपानेले उपाधिसँगै नगद रु ५१हजार प्राप्त गरेकी छन् ।

त्यसैगरी प्रतियोतिमा उत्तम श्रेष्ठ फ्रस्ट रनर अप भएका छन् । संस्थाका अध्यक्ष दिपक रोकाको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका
प्रवक्ता वैजनाथ चौधरीको प्रमुख आतिथ्यतमा भएको फाइनल प्रतियोगिताको मुख्य निर्णायकमा चर्चित सञ्चारकर्मी उद्घोषक दिनेश डि.सी.ले मुख्य भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरु त्था शैक्षिक संस्थाहरुबाट १६ देखि १९ वर्ष उमेर समूहका युवायुवतीहरुको सहभागिता रहेको थियो । चैत्र ७ गते अडिशनबाट छनौट भएका १५ जनाहरुबीच एक हफ्ताको प्रशिक्षण पश्चात् शनिबार फाइनल प्रतियोगिता भएको प्रतियोगिताका संयोजक मदन प्रसाद पन्थीले जानकारी दिए ।

प्रतियोगिताका लागि भाइ कन्सल्टेन्सी अब्रोड बुटवलको मुख्य प्रायोजन, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा, सिभिल बैक लि., अर्घाखाँची सिमेन्ट, हाइलाइफ फुड रुपन्देही लगाएतका संस्थाको प्रायोजन तथा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको प्रवद्र्धन, प्रदेशभरका शैक्षिक संस्थाहरु, नागरिक समाज, संचार जगत लगाएतको सहयोग रहेको वित्त नियन्त्रक राजु अर्यालले बताए ।

प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले विभिन्न विषय क्षेत्रमा अध्ययन र अनुसनधान गरी सो क्षेत्र तथा विषयमा प्रस्तुती दिएको कार्यक्रमका व्यवस्थापक तथा सञ्चालक राज के.सी.ले बताए । त्यसैगरी प्रतियोगितामा निःशुल्क सहभागिता र प्रतियोगीहरुबाट कुनैपनि शुल्क नलिई सम्पूर्ण खर्च आयोजकको तर्फबाट नै व्योहोरिएको उनले जनाए ।

https://www.globalaawaj.com/archives/92117
https://www.globalaawaj.com/archives/29504
https://www.globalaawaj.com/archives/89373
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।