ताजा अपडेट »

मोतीको उपचारको लागि सहयोगी हातहरु बढ्दै

शनिबार, १४ चैत्र २०७७, १७ : १४
4 Shares

भैरहवा । उपचारको अभावमा छटपटि रहेकी मोती बढईको उपचारको लागि सहयोग जुट्ने क्रम बढेको छ । समाचारबाट वृद्ध दम्पत्तिबारे थाहा पाएका भैरहवा निवासी मायादेवी च्यारेटिबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले नगद सहित उपचारको आश्वासन दिएका छन्।

मोतीका ८६ वर्षिय पति नन्दलाल बढईले सकी नसकी उपचार गरिरहेको थिए। उनले जम्मा गरि राखेको रकम गत वर्ष नै सकिए पछि एक वर्षदेखि उनको उपचार अगाडि बढ्न सकिरहेको थिएन । औषधि खरिद गर्ने रकम पनि नभएपछि नन्दलाल मागेर भए पनि उनको औषधिको जेनतेन जोहो गर्दै आएका थिए। गत बुधबार मानव कल्याण मित्र मञ्च, नेपालले केही रकम सहयोग गरे पछि उनले श्रीमतिको उपचारलाई पुनः निरन्तरता दिएको जनाए । भैरहवामा रहेको न्यूरो एण्ड एलाईडमा उपचार भै रहेको र अर्को साता पुनःउपचारको लागी ल्याउन भनिएको उनले जनाए । उपचारको लागी रकम नभएको अवश्थामा मायादेवी फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियाले सहयोग गरेको नगद १५ हजार ५ सय रुपैयाले धेरै हद सम्म उपचारमा सहयोग पुग्ने उनले बताए ।

फाउण्डेशनका अध्यक्ष रौनियारले फाउण्डेशनको तर्फबाट १० हजार र अन्य दाताबाट ५ हजार ५ सय रुपैया संकलन गरि बृद्ध दम्पत्तिलाई प्रदान गरिएको बताए । उनले यी दम्पत्तिको समाचारमा उल्लेख भए भन्दा पनि अवश्था धेरै खराब रहेको बताउदै अब उपचारमा आफै पहल लिने बताए। अर्को साता नन्दलालले श्रीमतिलाई उपचार गराउन लैजाने क्रममा उनले आफुलाई पनि संगै लैजान आग्रह गरेका छन् । उनले चिकित्सकसँग उनको अवश्था बारे राम्ररी बुझेर उपचारको आश्वासन दिएका छन्। मोतीको उपचार हुने अवश्था रहे संस्थाले पहल गरि उपचार गराउने र उपचार गर्ने अवश्था नभए अहिले भई रहेको औषधि उपचारलाई नै निरन्तरता दिने गरि सहयोग गर्ने फाउण्डेशनले आश्वासन दिएको हो । फाउण्डेशनले यस अघि पनि भैरहवा क्षेत्रमै २५ रुपैयामै खाना खुवाएर सामाजिक सेवामा आफ्नो बलियो उपस्थिति जनाई सकेको छ। सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ का ८६ वर्षिय नन्दलाल करिब सोही उमेरकी आफ्नो श्रीमतिको उपचारको लागि भौतारीरहेका छन्। श्रीमतिको उपचारको लागी रिक्सा भाडाको समेत जोहो गर्न नसके पछि उनि आँफै रिक्सा बनाई त्यसैमा श्रीमतीलाई उपचारको लागी लाने गरेका छन्। अब्बल मूर्तिकार समेत रहेका नन्दलालले दुःखको बेलाको लागि भनेको जम्मा गरि राखेको रकम उपचारमै सकिएपछि अहिले उनले भिक्षा मागेर श्रीमतीको उपचार गरिरहेका छन्। उनले श्रीमतीको उपचारमा सहयोग गरि दिन दाताहरुलाई आग्रह गरेका छन् ।

https://www.globalaawaj.com/archives/92724?fbclid=IwAR3YkUl9cy3lTf4U9kPKJ54dBJ0eZ84LvYvpukaLs3eeY0946tQV_yqMqC8
राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा