१० माघ २०७८, सोमबार

Jan 24, 2022

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि बढ्न सक्ने भएकाले घरभित्रै बसेर परिवारका साथ होली पर्व मनाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा भनिएको छ, “जिल्लामा कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निकट रहेको यस वर्षको फागुपर्व घरमै बसी परिवारका साथ मनाउन अनुरोध गरिन्छ ।” सूचनामा कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठकलगायतका भिडभाड हुने कार्यक्रम नगर्न/नगराउन हुन, भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन तथा नियमितरुपमा हात धुन र सेनिटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ । जिल्लामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ३० रहेको छ । यसमध्ये २५ जना होम आइसोलेशन र पाँच जना अस्पतालमा उपचाररत रहेका छन् । अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९०७ जना पुगेको र ११० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे