ताजा अपडेट »

माधव-झलनाथ समुहको केन्द्रीय कमिटी बैठक जारी

शनिबार, १४ चैत्र २०७७, १४ : २९
8 Shares

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बसिरहेको छ । कलंकीको लामपाटीस्थित मेगा पार्टी प्यालेसमा केहीबेर अघिबाट बैठक जारी रहेको स्रोतले बताएको छ । 

माधव-झलनाथ  पक्षको केन्द्रीय कमिटी बैठक हिजो पनि बसेको थियो ।  बैठकमा पछिल्ला गतिविधि र अबको बाटो के हुने भन्नेबारे छलफल जारी रहेको बताइएको छ । 

सो पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट छ । यसअघि प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बहिस्कार गर्दै आएको सो पक्ष शुक्रवार बसेको एमाले संसदीय दलको बैठकमा भने सहभागी भएको थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।