१० माघ २०७८, सोमबार

Jan 24, 2022


काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने बताएका छन् । महासङ्घ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै उनले आफूहरुको मुख्य नारा नै ‘सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल’ रहेकाले सिङ्गो निजी क्षेत्रले यसलाई अपनत्व लिनु पर्नेमा जोड दिए ।

महासङ्घको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकलाई सम्बोधनमा उनले वस्तुगत सङ्घहरू महासङ्घको “ब्रेन” को रुपमा रहेको उल्लेख गरे । महासङ्घ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत सङ्घहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको अध्यक्ष गोल्छाको भनाइ छ । महासङ्घको दीर्धकालीन सोचका लक्ष्य यही चैत्र २८ गते सार्वजनिक गरिने र लक्ष्य दिएका सुझावको कार्यान्वयनका लागि एक संयन्त्र बनाइने जानकारी उनले दिए । निजी क्षेत्रले सधैँ सतही सुझाव मात्र दिन्छन् भन्ने आरोपलाई भिजन पेपरले गलत सावित गरिदिने उनले बताए । परिषद्का सभापति अञ्जन श्रेष्ठले सबै वस्तुगत सङ्घका समस्या, गुनासा, सुझावहरूलाई परिषद् मार्फत सङ्कलन गरी त्यसको समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । परिषद्को पहिलो बैठकबाट परिषद्का काम कर्तव्यलाई प्रभावकारी बनाई कार्य गर्न उद्योग, सेवा, कृषिलगायतका महत्वपूर्ण क्षेत्रलाई समेटने गरी विभिन्न उपसमूह बनाई कार्य गर्ने उनले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे