१० माघ २०७८, सोमबार

Jan 24, 2022

काठमाण्डौं । नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाखको पहिलो सातादेखि हुने भएको छ । वैशाख ४ देखि ११ गतेसम्म उक्त प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

राउण्ड रोबिन लिगका आधारमा खेलाइने उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गरे। कोरोना महामारीका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाएको छैन । यसबीचममा केही घरेलु प्रतियोगिता भने क्यानले सञ्चालन गर्न सफल भएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतियोगितामा सहभागी हुने टोलीका सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको अनिवार्य पीसीआर परीक्षण गरिने अध्यक्ष चन्दले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे