१२ असार २०७९, आईतवार

Jun 26, 2022

महोत्तरी । चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण) का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ ।

Advertisement

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको हो । बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा सधैँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुटा खरानीमा परिणत भएका छन् । डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने र वयस्क रुख आगो लागेर सुक्दै गएपछि वनक्षेत्र उजाड हुने क्रम बढेको हो । अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् ।

यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको बर्दिवास–५ गणन्ताका सामाजिक कार्यकर्ता कहरमान स्याङ्वाले बताए । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैतमध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् । जिल्लाको सघन वन क्षेत्रमा चार ठाउँ वन सुरक्षा पोष्ट र बाँके मरहा साझेदारी वनको कार्यालय नै भए पनि डढेलो नियन्त्रणमा भने उदासिनता देखिएको सर्वसाधारणको गुनासो छ । फागुन मध्यदेखि नै वनमा डढेलो देखिन थाल्छ । घाँसे, दाउरे र गोठालाले डढेलो लगाउने गरेका वनसम्वद्ध सरकारी सेवाबाट अवकास लिएका हाल बर्दिबास–१ कै बासिन्दा चन्देश्वर यादव बताउनुहुन्छ । फागुन/चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने बिश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेको सहायक वन अधिकृतको सेवाबाट अवकास लिनु भएका यादवको अनुभव छ ।

पूर्वपश्चिम राजमार्गको भव्सी नदीदेखि पश्चिममा बाँके नदीसम्मको १६ किलोमिटर दूरीको दुवैतिर सघन वन क्षेत्र छ । वनसँगै जोडिएका बर्दिवासका हाथिलेट फार्लाइन, लटियानी, भव्सी, माईस्थान, वरडाँडा, चेरु, गणन्ता, ढुङ्ग्रे, सोनापेटी, खयरमारासहित दर्जनभन्दा बढी बस्ती छन् । त्यसैगरी गौशाला नगरपालिकाका पनि ढल्केवर, बेलगाछी, भण्टाबारी, लक्ष्मीनियाँ, कालीपुरसहितका बस्ती पनि वनसँगै जोडिएका हुँदा डढेलोले गर्दा यी बस्ती आगलागीको उच्च जोखिममा रहेका गौशाला–१० बटौवाका २५ वर्षीय युवा विवेककुमार कुशवाहाको चिन्ता छ । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । वनक्षेत्रमा बढेको अनधिकृत अतिक्रमण र डढेलोले गर्दा अहिले मुस्किलले १६ हजार हेक्टरको सेरोफेरोमा मात्र वन बाँकी रहेको कार्यालयका अधिकृत नै बताउँछन् ।

पछिल्ला केही वर्षयता सुरक्षा तरलताले वन क्षेत्र रुखबिहीन बन्दै गएका वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादवले बताए । वनका रुख मानव प्रयोगका भएका र यी बुढा भएर धोद्रिएपछि उपयोगविहीन हुने यादवको भनाइ छ । त्यसैले पाका रुख काटने र नयाँ रुख रोप्ने वैज्ञानिक प्रणाली नबसालेसम्म साँचो अर्थमा रुखको उपयोग र वन संरक्षण हुन नसक्ने यादवको ठहर छ । यसैबीच प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले वन क्षेत्रको नियमित गस्ती र कारवाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा तथा जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली परिचालन गरिने जानकारी दिए । कुनै पनि निहुँमा वन क्षेत्र सखाप पार्ने कामले छुट नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा ४३ प्रतिशत भूमिमा खेती, ५० प्रतिशतमा मात्रै सिंचाई सुविधा विद्यालय गएका छात्र खोलामा मृत फेला धान दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने २७ किलो गाँजासहित दुई युवक पक्राउ सैनामैनामा ३ दिने अगरबत्ती बनाउने तालिम, आत्मनिर्भरका लागि टेवा पुर्याउने कटुवा पेस्तोलसहित भरतपुरबाट एक युवा पक्राउ प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री शिक्षाको बिकासका लागि सञ्चार सवलीकरणमा सरोकारवालाको जोड विदेशी कम्पनीलाई सुम्पिएको सम्झौता च्यातिनुपर्छः पूर्वसञ्चारमन्त्री बाँस्कोटा वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी पश्चिमाञ्चल यातयात समितिका लोकराज महासंघको वरिष्ठ उपाध्यक्ष र लुम्बिनी संयोजकमा पाण्डे समृद्धिका लागि स्थानीय तहका जिम्मेवारी व्यापार संघद्वारा बुटवल मण्डपको नाम परिर्वतन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह कांग्रेस रुपन्देहीले जनप्रतिनिधिलाई प्रशिक्षण तथा बधाई दिने तिलोत्तमामा डुवान हुन नदिन पूर्व तयारी निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न रौतहटका स्थानीय तहका प्रमुखहरूसँगआग्रह रुपन्देहीको पूँजीगत खर्च २६‍.०५ प्रतिशत मात्र गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला नेप्से परिसूचक ९४ अंकले बढ्याे