१२ असार २०७९, आईतवार

Jun 26, 2022

सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुव्र्यहार गरेको आरोपमा डा जैसवाललाई पक्राउ गरिएको हो । अस्पतालले समेत तत्कालै डा. जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा. जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताए । डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुन: केही औषधि लेखेर डा. जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताए । डा. जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए । पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विद्यालय गएका छात्र खोलामा मृत फेला धान दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने २७ किलो गाँजासहित दुई युवक पक्राउ सैनामैनामा ३ दिने अगरबत्ती बनाउने तालिम, आत्मनिर्भरका लागि टेवा पुर्याउने कटुवा पेस्तोलसहित भरतपुरबाट एक युवा पक्राउ प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री शिक्षाको बिकासका लागि सञ्चार सवलीकरणमा सरोकारवालाको जोड विदेशी कम्पनीलाई सुम्पिएको सम्झौता च्यातिनुपर्छः पूर्वसञ्चारमन्त्री बाँस्कोटा वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी पश्चिमाञ्चल यातयात समितिका लोकराज महासंघको वरिष्ठ उपाध्यक्ष र लुम्बिनी संयोजकमा पाण्डे समृद्धिका लागि स्थानीय तहका जिम्मेवारी व्यापार संघद्वारा बुटवल मण्डपको नाम परिर्वतन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह कांग्रेस रुपन्देहीले जनप्रतिनिधिलाई प्रशिक्षण तथा बधाई दिने तिलोत्तमामा डुवान हुन नदिन पूर्व तयारी निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न रौतहटका स्थानीय तहका प्रमुखहरूसँगआग्रह रुपन्देहीको पूँजीगत खर्च २६‍.०५ प्रतिशत मात्र गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला नेप्से परिसूचक ९४ अंकले बढ्याे माओवादी द्वन्द्वकालीन घटना अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन : देव गुरुङ